गर्भवती भएको अवस्थामा गरिने मद्यपानले पार्ने असरहरुलाई मध्यनजर गर्दै गर्भवती महिलाहरुलाई उनीहरुले कति रक्सी पिउँछन् भन्ने प्रश्न गरिनुपर्ने बताइएको छ। बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)को लागि जारी ‘प्रायोरिटी एडभाइस’मा गर्भवती महिलाहरुलाई उनीहरुको मद्यपान गर्ने बानीको बारेमा प्रश्न गर्नु पर्ने उल्लेख छ।
नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्स (एनआइसीई)को सो सल्लाह…