एनएमबि हाइब्रिड फण्ड एल - १ र एनएमबि फिप्टीद्वारा लाभांश घोषणा

भदौ १, काठमाडौं । एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुबै योजनाले आव २०७७/ ७८ को मुनाफाबाट इकाईधनीलाई  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  एनएमबि हाइब्रिड फण्ड एल - १ ले २० प्रतिशत र एनएमबि फिप्टीले ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेका हुन् । गत साउन ३२ गते बसेको सञ्चालक समितिको  बैैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त योजनाको प्रवर्द्धक एनएमबि बैंक लिमिटेड रहेको छ ।