विराटनगर : प्रदेशको पुनः नामकरण संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको छ।आज (शुक्रबार) विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी संघर्ष समितिले पहिचानका लागि युवा घोषणा गरेको हो।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्। आन्दोलनका क्रममा चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएको लिम्बूको १० गते उपचारका क्रममा मृत्यु भएको थियो।लिम्बूलाई सरकारले सहिद घोषणा समेत गरिसकेको छ। सोही दिनको शोकलाई शक्तिमा