पाल्पा दरबार परिसरका पुरातात्विक वस्तुमा जथाभावी डोजर
पाल्पा दरबार परिसरमा निर्मित पुरातात्विक महत्त्वका वस्तुमा जथाभावी डोजर चलाउँदा सरोकारवाला निकाय मौन बसेको छ । पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्र परिसरको पश्चिमतर्फको पर्खाल जथाभावी डोजर लगाएर भत्काइएको हो ।