मेड इन नेपाल: नेपाली फिल्मको अन्तर्राष्ट्रिय उडान

विश्व बजारमा उपस्थिति एवं पहुँचका हिसाबले सन् २०२३ नेपाली फिल्मका लागि सफल वर्ष रह्यो । संख्यात्मक र गुणस्तर दुवै हिसाबले अन्तर्राष्ट्रिय बजारमा यस किसिमको सहभागिताले फिल्म क्षेत्रकै लागि नयाँ ऊर्जा थपिएको फिल्मकर्मी र समीक्षकहरूको बुझाइ छ ।