दुबईमा बाइक राइडर श्रमिक ठगिए

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई ट्याक्सी कर्पोरेसन (डीटीसी) मा बाइक राइडरका रूपमा काम गर्न गएका नेपाली श्रमिकहरू धमाधम स्वदेश फर्किरहेका छन् । करार सम्झौताअनुसार तलब नदिई सेवासुविधाका विभिन्न सर्त राख्न थालिएपछि उनीहरू घर फर्किएका हुन् । दुबईमा पछिल्ला ६ महिनामा कामविहीन भएका करिब १ सय ७० जनामध्ये शनिबारसम्म ३० जना काठमाडौं ओर्लिसकेका छन् ।

सम्बन्धित सामग्री

बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा कतार र दुबई जान सरकारद्वारा रोक

काठमाडौं । सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा रोजगारीका लागि जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेपछि […]