राष्ट्रियसभा उपनिर्वाचन : मतपेटिकामा पिसिआर रिपोर्ट, मतपत्र गायव !

दाङ : लुम्बिनी प्रदेशअन्तर्गत सोमबार सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कूल ३ सय मतदातामध्ये २ सय ९७ मत खसेको समाचार आयो। भोट हाल्न नआउने तीन जना नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो । तर मतगणना सकिएपछि एक मत हरायो ।  यसअघि २ सय ९७ मत खसेको भनेको निर्वाचन अधिकृतको कार्यालयले २ सय ९६ मत खसेको र त्यसमा २ मत बदर भएको हिसाब देखाउँदै अन्तिम मत परि...