ड्यानी रोड्रिक र जोसेफ स्टिग्लिजले विकासशील मुलुकको आर्थिक स्थितिको विश्लेषण गरेर गत जनबरीमा एउटा लेख प्रकाशित गरी आर्थिक वृद्धिको नयाँ रणनीति सुझाएका छन् । उनीहरूका अनुसार विगतका आर्थिक घटनाक्रमले आर्थिक वृद्धिको पारम्परिक रणनीतिमा परिवर्तनको माग भइरहेको छ । पूर्वी एसियाली मुलुकले अपनाउँदै आएको निर्यातमूलक वृद्धि ढाँचा अब काम नलाग्ने भएको छ । बढ्दो आप्रवासन, जलवायु परिवर्तन र कार्बन फुटप्रिन्ट, प्रविधिको परिवर्तन र