डडेल्धुरा प्रदेशसभा–१ मा खगराज विजयी, ‘मुख्यमन्त्री’ बन्ने बाटो खुल्यो

डडेल्धुरा : डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरे। उनका निकटतम् प्रतिद्वन्द्वी बोहराले ९ हजार १९५ मत पाए।यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहाद