काठमाण्डाै – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
मङ्गलवार नेपाली चलचित्र 'सायरा' निर्माण हुने जानकारी दिन काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले आफू र चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताउनुभयो । बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आउँदा दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्&z...