पर्वत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन ८ गते आएको बाढीबाट पीडित भएकालाई मुस्ताङकै ठिनी गाउँ समाजले आर्थिक सहयोग गरेको छ।बाढीबाट ४२ वटा घरमा पूर्ण तथा आंशिक क्षति सहित पशुगोठ लगायतका भौतिक संरचना भत्किँदा बाढीपीडित समस्यामा परेका छन्।काग खोलामा आएको बाढी कालीगण्डकी नदीमा मिसिँदा उर्लिएर आएको नदीको बारेमा थाहा पाएर समयमै सुरक्षित स्थानमा सर्न पाएकाले मानवीय क्षति नभए भए पनि कागबेनीमा करोडौँ रुपैयाँको भौतिक क्षति भएको छ।बाढीपीडितहरूको दुःखमा मल्हम लगाउन कतिपय म