कस्तो हतार ?

तिमी हतारमा रै’छौ  किन ?  अहिलेसम्म थाहा पाइनँ हिम्मत तिम्रो मानेँ मैले तर, बिदासम्म माग्न पाइनँ । जीवनमा तेज तिम्रो यी दिन  खोजेँ मैले जति  त्यसको चिम्टी मात्र दिन सक्ने अर्को तिमी पाइनँ । कति हतार ? कस्तो हतार ? अनि, किन हतार गर्यौ तिमीले अहिलेसम्म थाहा पाइनँ । कारणसम्म नखोलेर तिमी गयौ  एक्लै हैन साथै लग्यौ विश्वास मेरो लिई गयौ  मुटु मेरो । मेरो मात्र मेरो अफसोस तिमीसँग तर, बिदासम्म माग्न पाइनँ । (दिवंगत पितामा समर्पित)