नेपाल बिजनेस समिट २०८० ले १९ बुँदे घोषणापत्र जारी गरी निर्यात गर्ने उद्योगलाई विद्युत्मा ५० प्रतिशतसम्म छुट दिन माग गरेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल...
काठमाडौं, २४ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भएपनि यसमा नेपाल सरकार गम्भीरतापुर्बक लाग्ने बताएका हुन् । कृषि, ब्यापार, उत्पादन लगायतमा सरकार […]
काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीले नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा भएको बताएका छन् । उनले अब उक्त कच्चा हिरालाई चम्काउनुपर्ने बेला आएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रम धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘नेपाल एउटा प्रयोगमा अझै नल्याएको कच्चा हिरा […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीमैत्री वातावरण बनाउन कठोर कदम चाल्नुपर्ने बताएका छन्। आईतवार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रममा ऐन होस् वा विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता महशुस गरेको बताएका हुन्।उनले शिक्षामा हजारौँ प्रतिभावान विद्यार्थी विदेश जाने र उतै बस्ने परिस्थिति अन्त्य गर्नका लागि विदेशी कलेजको लगानी भित्र्याउने सम्वन्धमा छलफल शुरु गरेको पनि बताए।
उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले नेपालले आर्थिक विकासको द्रुत अभियान सुरु गरिहाल्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रम धारणा राख्दै सांसद चौधरीले अहिले युवाहरुको साथ रहने भएकोले आर्थिक विकासको अभियान थाल्नुपर्ने बताएका हुन् ।
सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजी क्षेत्रबीचको दुरी कम गदैं उद्यमी ब्यवसायी र बैंक,बित्तीय क्षेत्रको मनोवल बढाउन समिट आयोजना गरिन लागेको हो । समिट संघीय सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा […]
नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना सेवा विकास बैंक रहने गरी सम्झौतापत्रमा […]