लिम्बू समुदायको कथामा बनेको फिल्म ‘लुंगा’ साउन ५ मा रिलिज हुने

काठमाडौं । ब्लकबस्टर फिल्म ‘जारी’मा लिम्बू समुदायको मर्मस्पर्शी कथा हेरेका दर्शकले नयाँ फिल्म ‘लुंगा’मार्फत लिम्बू समुदायकै नयाँ कथा हेर्न पाउने भएका छन् । किरण राईले निर्देशन गरेको यो फिल्मले साउन ५ गतेलाई रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको छ । निर्देशक राईले पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको रोचक कथालाई यसमा समेटिएको बताए । […]