चौधरी फाउन्डेसनले प्रसुती सेवा केन्द्रका लागि स्वास्थ्य सम्बन्धी विविध उपकरण वितरण गरेको छ । शुक्रबार फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले ती सामाग्री सुरक्षित मातृत्व सञ्जाल महासंघका महासचिव रविन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरे ।
कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पीपीई, ७५ सय थान मास्क, ६ हजार थान ग्लोभ्स, ३० थान थर्मल गन, १ सय ६० लिटर सेनिटाइजर, १६ सय ८० थान सेनिटरी प्याड, ६०० थान हातधुने साबुन लगायतका सामग्री वितरण गरिएको हो ।