रुपन्देही । भन्सार कार्यालयमा सर्बरको समस्या, लाइन लाग्नुपर्ने समस्या समाधान गरी भैरहवालाई नेपालकै नमुना भन्सार कार्यालय बनाउन सेवाग्राहीले आग्रह गरेका छन्। ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बिहीबार आयोजित व्यापार सहजीकरण सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनीहरुले भन्सारमा व्यापार सहजीकरणका लागि सबै तर्फबाट सहयोग आवश्यक रहेको बताए । उनीहरुले स्थल मार्ग हुँदै नेपालमै धेरै पर्यटक भित्रिने […]
काठमाडौँ – द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले व्यापार सहजीकरण गर्न नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई आग्रह गरेको छ। बुधवार अपराह्न सिंहदरबारमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले मुख्यसचिव अर्यालसँग भेटेर डुइङ बिजनेस कस्ट घटाउन पहल गरिदिन आग्रह गरेको हो। आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई सहयोग पुग्नेगरी डुइङ बिजनेस कस्ट घटाउँदा सहजीकरण हुने भन्दै व्यवसायीहरूले आग्रह गरे। […]
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटवार्ता गरेको छ ।राजदूत श्रेष्ठसँग भएको भेटका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए ।नेपालबाट कृषि, […]
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले चीनसँगको व्यापार सहजीकरणका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आग्रह गरेको छ।चेम्बरका पदाधिकारीहरूले राजदूत श्रेष्ठसँग आज (शुक्रबार) भेटवार्ता गरी नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए। उनले नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुको निर्यात प्रवर्द्ध
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सोमवार नेपालका लागि पाकिस्तानी राजदूत शेद हैदर शाहसँगको भेटमा नेपालबाट कराँचीसम्म सीधा हवाई सेवा सञ्चालन गरी दुई मुलुकबीचको व्यापार सहजीकरण गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । ‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा ३ घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि गर्न सकिन्छ, पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन्,’ उनले भने । पाकिस्तानबाट नेपालले अहिले छोकडा, प्रशोधित छालाजन्य पदार्थ, मेशिनरी वस्तु, जुत्ता, चप्पललगायत आयात गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागोलगायत वस्तु निर्यात गर्ने गरेको छ ।
नेपालले पाकिस्तानबाट वार्षिक एक अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको वस्तु आयत गर्ने गरेको छ भने १० करोड चार लाख बराबर निर्यात गर्ने गरेको छ । भेटमा राजदूत शाहले हवाई सेवा सञ्चालनका लागि सरकारी तबरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्नेमा उनले जोड दिए । दुई देशबीचका चेम्बर अफ कमर्शका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत शाहको भनाइ थियो । रासस
नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ ।बेलायतसंँग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा बढी भएपनि आर्थिक र व्यवसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले […]
नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रवर्द्धन गर्न भूमिका खेल्न नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ । बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध दुई सय वर्षभन्दा बढी भए पनि आर्थिक र व्यावसायिक सम्बन्ध फस्टाउन सकेको छैन । त्यसैले अब निर्यात बढाएर व्यापारिक सम्बन्ध स्थापित गराउन भूमिका खेल्न आग्रह गरेको हो ।बेलायतका लागि नवनियुक्त राजदूत आचार्यलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरूको
काठमाडौं । नेपाल उद्योग परिसंघले सम्भावना नै सम्भावना भएको नेपालको औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेको छ । बुधबार नेपाल स्थित भारतीय राजदुतावासका प्रतिनिधिहरुसँग दुई देश बीचको व्यापार सहजीकरण तथा लगानीको विषयमा अन्तरक्रिया गर्दै परिसंघले यस्तो आग्रह गरेको हो । दूतावास मार्फत ल...