स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडीमा विकेश कुथु

इलाम : स्पोर्टिङ इलाम डे मेची एफसीले मार्की खेलाडीको रूपमा राष्ट्रिय टिमका गोलरक्षक विकेश कुथुलाई अनुबन्ध गरेको छ।गत सिजन काठमाडौँ रेजर्समा रहेका कुथु योपटक इलामसँग अनुबन्धन भएका हुन्। विभागीय टोली त्रिभुवन आर्मीका गोलरक्षक कुथुको कप्तानीमा गत सिजनमा काठमाडौँले धनगढीलाई हराउँदै उपाधि जितेको थियो।उनले २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सञ्चालन हुनेछ।इलाम टिमका मालिक सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ हुन्। इलामले पहिलोपटक एनएसएल खेल्न ला