दिपक मनाङेलाई मनाउन गणेश लामा पोखरा पुगेपछि…

काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशको सत्तासंघर्षमा निर्णायक शक्ति बनेका स्वतन्त्र सांसद दिपक मनाङे सम्पर्कविहिन भएका छन् । आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन लाग्दा प्रदेशका युवा तथा खेलकुदमन्त्री रहेका मनाङे सम्पर्कविहिन भएका छन् । मनाङेले मुख्यमन्त्री गुरुङ्गलाई विश्वासको मत नदिने निश्चितप्रायः भएको छ । उनले काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सम्भावना देखेपछि […]

सम्बन्धित सामग्री

मन्त्री दिपक मनाङे सम्पर्कविहीन भएपछि गणेश लामा पक्राउ

नेपाली कांग्रेसका युवा गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको छ । डनको छवि बनाएका लामालाई प्रहरीले लेकसाइडको खहरेबाट बिहीवार पक्राउ गरेको हो । खहरेस्थित पोखरा बुटिकमा बसेका उनी भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुभाष हमालले बताए । उनलाई सोधपुछका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको बेला लामाले प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मना...

गुण्डागर्दीमा रमाएका दीपक मनाङे कारागारमा ‘लाइफ कोच’

काठमाडौं: डिल्लीबजार कारागारमा विभिन्न अभियोगमा कैद जीवन भुक्तान गर्नेहरुमा पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) ओमविक्रम राणादेखि चर्चित गुण्डा नाइके भनेर चिनिएका राजिव गुरुङ (दिपक मनाङे) र गणेश लामा समेत छन्। उपत्यकामा रहेका नख्खु कारागार र केन्द्रीय कारागार सुन्धाराको तुलनामा डिल्लीबजार कारागारमा पूर्व भिआ...