काठमाडौँ- नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु)को प्राविधिक टोली नेपाल आउने भएको छ। उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इयुको ‘उड्डयन सुरक्षा सूची’मा रहेको नेपाल हट्ने विश्वास लिइएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दशैँलगत्तै इयुको प्राविधिक टोली नेपाल आएर हवाई क्षेत्रको अडिट गर्नेछ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यही असोजको अन्तिम […]