भर्चुअल रूपमा पनि संसदको बैठक बस्न सक्ने, बैठकमा सांसदलाई मोबाइल चलाउन प्रतिबन्ध

अब संसदको बैठक भर्चुअल रूपमा पनि बस्ने भएको छ । प्रतिनिधि सभा नियमावली २०७९ मा प्रतिनिधिसभा र समितिको बैठक भर्चुअल रूपमा बस्न सकिने व्यवस्था गरिएको हो । आईतबार प्रतिनिधिसभाले पारित गरेको नियमावली २०७९ मा प्रतिनिधिसभा र संसदीय समितिका बैठक प्रविधिको प्रयोग गरी बस्न सक्ने व्यवस्था छ ।  ‘प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने...