कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, शौचालय जानसमेत समस्या

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाकाे भए पनि अहिले एक सय दुई जना कैदीबन्दी राखिएको छ । कारागारमा  ६ महिला र ९६ पुरुष छन् ।कारागारका जेलर सुवास केसीका अनुसार कारागारका क्षमता ३५ जनाकाे मात्रै हो । ‘भवन जीर्ण छ, कैदीबन्दीको सङ्ख्या बढेको बढ्यै छ,'उनले भने, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहलाई बस्न समस्या भएको छ ।' सुत्ने बस्न समेत समस्या भएकाे कैदीहरुकाे गुनासो हुने गरेकाे उनी बताउँछन