‘लण्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

काठमाडौं । एबी इन्टरनेसनलले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । जेठदेखि बेलायत र फ्रान्समा छायांकन हुने यो ट्राभल लभस्टोरी फिल्ममा साम्राज्ञीले एक महत्वाकांक्षी युवतीको चरित्रमा अभिनय गर्दैछिन् । ‘अग्निदहन’बाट राष्ट्रिय फिल्म अवार्ड जितेका घनश्याम लामिछानेले फिल्मलाई निर्देशन गर्दैछन् । लामिछाने निर्देशित ‘धौली’ र ‘पञ्चेबाजा’ समीक्षकले रुचाएका फिल्म […]

सम्बन्धित सामग्री

‘लण्डन टु पेरिस’ मा गरिमाको जोडी कबिर

अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’मा भित्रिएका छन् । फिल्मको मुख्य अभिनेताको रूपमा उनी फिल्ममा अनुबन्धित भएका हुन् । फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको निर्देशक घनश्याम लामिछानेले बताए ।फिल्मका उनको जोडी अभिनेत्री गरिमा शर्मा बन्नेछिन् । गरिमा केही दिन अगाडि मात्र फिल्ममा भित्रिएकी हुन् । फिल्मको मुख्य भूमिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् । जसको जोडीका लागि अभिनेताको खोजिइरहेको निर्देशक लामिछानेले बताए ।कविरले तरकारीवालीको रूपमा चर्चित कुसुम श्रेष्ठसँग फिल्म &

‘लण्डन टु पेरिस’को नायिकामा गरिमा शर्मा अनुबन्धित

काठमाडौं । यात्रा प्रेममा आधारित फिल्म ‘लण्डन टु पेरिस’को मुख्य भूमिकामा मोडल गरिमा शर्मा पनि अनुबन्धित भएकी छन् । निर्माण कम्पनी एबी इन्टरनेसनल र गरिमाबीच गत साता सम्झौतामा हस्ताक्षर भएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमाको समानान्तर भूमिका हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । तीन मुख्य पुरुष पात्रबारे आगामी साता फाइनल हुने […]

‘लण्डन टु पेरिस’ मा साम्राज्ञी पक्का

काठमाडौं : फिल्म ‘लण्डन टु पेरिस’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छिन्। घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्ममा उनले अभिनय गर्ने पक्का भएको हो। फिल्म निर्माण टिम र अभिनेत्री शाहबिच मंगलवार लिखित सम्झौता भइसकेको छ। एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको बेलायत र फ्रान्समा छायांकन हुने निर्माता अजित कुमार थापाले…