खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकाले राडीपाखी पेसा अपनाउँदै आएका गुरुङ समुदायका महिलालाई चर्खा र कोरेसो वितरण गरेको छ ।
पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दैआएका गुरुङ महिलाको व्यावसायिक विकासमा टेवा पुर्याउने लक्ष्यकासाथ गाउँपालिकाले पाँच लाख रुपैयाँ बराबरको ५० थान चर्खा र १७० थान कोरेसो वितरण गरेको हो ।
भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई चर्खा र कोरेसो वितरण गरिएको रावाबेसी गाउँपालिकाका उपाध्यक्ष क...