सातौं पटक सर्वोत्कृष्ट करदाता बने राणा

यो वर्ष २०७८ को कर दिवस (१० औं कर दिवस) मा पनि सिद्धार्थ शमशेर राणा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेर सर्वोत्कृष्ट करदाता बनेका छन् । गतवर्ष सबैभन्दा बढी कर तिर्ने सूचीको दोस्रो स्थानमा रहेका राणा यसपटक फेरि अग्रस्थानमा परेका हुन् । गत वर्षअघि राणा लगातार ६ वर्षसम्म सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित बनेका थिए । यससहित उनी सातौं पटक सरकारबाट व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मानित भएका छन् । सिप्रदी ट्रेडिङका अध्यक्ष राणाले अन्य धेरै कम्पनीमा समेत लगानी गरेका छन

सम्बन्धित सामग्री

विजयकुमार शाह बने उत्कृष्ट करदाता, कम्पनीतर्फ सूर्य नेपाल

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् । जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । नेपाल टेलिकम […]

सातौंपटक बढी आयकर तिर्ने व्यक्ति ठहरिए सिद्धार्थ राणा

१ मंसिर, काठमाडौं । बुधबार आयोजित कर दिवसको कार्यक्रममा सर्वाधिक आयकर तिर्ने करदाताको नाम घोषणा भयो- सिद्धार्थ शम्शेर राणा । योसहित उनी हालसम्म सातपटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बनेका छन् । उनले तिरेको करको रकम सार्वजनिक गरिएको छैन । नेपालमा सर्वाधिक आयकर तिर्ने उद्योगीका रुपमा लगातार दोहोरिरहने सिद्धार्थ  ‘लाइमलाइट’ बाट टाढा छन् । अरुबेला कतै नदेखिने/नसुनिने […]

शाह बने उत्कृष्ट करदाता

उत्कृष्ट १५ करदाता सार्वजनिकजावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले यस वर्षको सर्वोत्कृष्ट करदाताको सम्मान पाउने भएका छन् । मदिरा व्यवसायी शाहले यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर बुझाएर यो सम्मान पाउने भएका हुन् । यसअघि लगातार चार वर्षसम्म तारा म्यानेजमेन्टका सिद्धार्थ राणाले पाउँदै आएको उत्कृष्ट करदाता सम्मान यस वर्ष साहले पाउने आन्तरिक राजस्व […]

सातौं राष्ट्रिय कर दिवस : राणा पाँचौंपटक सर्वोत्कृष्ट करदाता

व्यवसायी सिद्धार्थशमशेर जबरा पाँचौपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । सातौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले जबरालाई धेरै आयकर तिर्ने व्यक्तिका रूपमा शनिबार सम्मान गरेको हो । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्षसमेत रहेका जवरा पाँचौंपटक यो विधामा सम्मानित भएका हुन् ।