निषेधाज्ञा उलंघन गर्ने सय जनालाई १०० रुपैयाँ जरिवाना

काठमाडौं : दोश्रो चरणको निषेधाज्ञाको पहिलो दिन काठमाडाैं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उलंघन गर्नेलाई जरिवाना गरिएको छ। बिहीबार निषेधाज्ञा उलंघन गर्नेहरुमाथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रतिव्यक्ति एकसय रुपैयाँ जरिवाना लिइएको हो।संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले एक सय रुपैयाँ जरिवाना गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।उनका अनुसार, बिहीबार काठमाण्डौ उपत्यकामा मात्रै निषेधाज्ञा उलंघन गर्न