झापा – हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरनजडित ट्र्याक्टर परिचालन गरिएको छ। भारतबाट दैनिक ५०–६० को संख्यामा नेपाल प्रवेश गर्ने हात्ती धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो। मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा […]