वसन्तपुर डबलीको कंक्रिट संरचनाको निर्माण रोक्न माग

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले हनुमानढोका क्षेत्रको वसन्तपुर डबलीमा कंक्रिट संरचना हटाउन माग गरेको छ । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा पुरातत्व विभागको अनुमतिविना नयाँ कंक्रिट संरचना बनाएको भन्दै कांग्रेस काठमाडौं महानगर समितिले उक्त संरचना हटाउन माग गरेको हो । सोमबार महानगरका सभापति निलकाजी शाक्य नेतृत्वमा वसन्तपुर डबलीमा विरोध भएको थियो...