विमानस्थलबाट एक केजी सुनसहित एक जना पक्राउ

काठमाडौं : त्रिभुवन विमानस्थलबाट एक केजी सुनसहित एक नेपाली नागरिक पक्राउ परेका छन्।फ्लाई दुबईको विमानबाट काठमाडौं आएका उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। शंका लागेर चेक गर्ने क्रममा उनले तीन वटा पोकामा राखेर ल्याएको सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।उनको नाम खुलाइएको छैन। थप अनुसन्धान भइरहेको एसएसपी ढकालले बताए। 

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।