मौद्रिक नीतिको सकारात्मक प्रभाव सेयर बजारमा हरियाली

काठमाडौँ - मौद्रिक नीति सेयर बजार प्रति सकारात्मक भएपछि साताको पहिलो कारोबारमा उल्लेख्य रूपमा बजार परिसूचक उकोलो लागेको छ । आइतवार बजार परिसूचक ६१.०५  प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार पश्चात २०१७.४६ रहेको बजार परिसूचक ६१ अंक बढेर २०७८.५१ मा उक्लिएको छ। बजार ६१.०५ अर्थात ३.०३ प्रतिशत बढ्दा ‘क&...

सम्बन्धित सामग्री

मौद्रिक नीतिपछिको सेयर बजार

शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै पुँजी बजारमा यसको सकारात्मक प्रभाव पर्ने जुन आकलन गरिएको थियो, आइतबारको कारोबारमा त्यही नै भयो । आइतबार सेयर बजार खुलेको ६ मिनेटदेखि १ घण्टा ८ मिनेटसम्म तीन पटक सकारात्मक सर्किट ब्रेक लाग्नुले सेयर बजार अब केही दिन उकालो यात्रामा अघि बढ्ने देखिन्छ । पहिलो पटकको सर्किटमा २० मिनेट र दोस्रो पटकको सर्किट ४० मिनेट लागेपछि जम्मा कारोबार भने ८ मिनेट मात्र भएको छ ।

सेयर बजारमा उच्च सुधार

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा पनि उच्च अङ्कले सुधार आएको छ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारतर्फ लम्केको सेयर बजार आइतबार उच्च अङ्कले सुधारिएको छ भने कारोबार रकममा पनि बढोत्तरी आएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोकर्जाको जोखिमभार पुनरवलोकन गर्ने घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । राष्ट्र बैङ्कले यसअघि सेयर कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पु¥याएको थियो ।