प्रधानमन्त्री र रअ प्रमुखबीच भएको भनिएको सम्झौताको कागजात फेक: प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय 'रअ' प्रमुख सामन्त गोयलबीच भएको भनिएको चार बुँदे सहमतिको कागजात 'फेक' भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ।