एनएमबि बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन

एनएमबि बैंकको ऋणपत्रमा ४ दिनमै मागभन्दा धेरै आवेदन परेको छ । जेठ २ गतेदेखि बिक्री खुला गरिएको उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिमा नै बिक्री बन्द गरिएको कम्पनीले जानकारी दिएको छ ।ऋणपत्र खरीदका लागि छिटोमा जेठ ६ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो । कम्पनीले १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत […]

सम्बन्धित सामग्री

एनएमबि बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण उच्च, ४ दिनमै मागभन्दा बढी आवेदन

जेठ ६, काठमाडौं । एनएमबि बैंकको ऋणपत्रमा ४ दिनमै मागभन्दा धेरै आवेदन परेको छ । जेठ २ गतेदेखि विक्री खुला गरिएको उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिमा नै विक्री बन्द गरिएको कम्पनीले जानकारी दिएको छ ।   ऋणपत्र खरीदका लागि छिटोमा जेठ ६ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो । कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।  प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको हो ।  सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो । साथै, हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि ऋणपत्र खरीद गरी सहयोग र सद्भाव प्रदान गरेकोमा  सम्पूर्ण सुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमनकारी निकायहरु तथा सरोकारवालाहरु सबै प्रति एनएमबि बैंकले कृतज्ञता व्यक्त गरेको बताएको छ ।