चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउने क्रम बढ्दो

काठमाण्डाै – चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउने क्रम बढेको छ । गएको असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउन शुरु गरेकोमा अहिलेसम्म ४९ वटा गाडी सुक्खा बन्दरगाहमा आइसकेका छन् । अहिलेसम्म साङ्ग्रिला मोटर्स प्रालीकाे पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरू जिओ अटोमोबाइल्स प्रालीकाे पाँच सय वटा पीक अप गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास गर्ने गरी आएका हुन् । गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याइएको ह...