२४ घण्टामा चार हजार आठ सय ९७ जनामा काेराेना पुष्टि

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा चार हजार सात सय ७४ र नौ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार ४७ जना काठमाण्...