१३ पुस, काठमाडौं । दैलेखका २३ वर्षीय सुजन रावत कोरियन भाषा पढ्न दुई साता अगाडि मात्र काठमाडौं आएका थिए । कोरियाली भाषा परीक्षाकै तयारीमा भएका ठूलोबुबाका छोरा सजनसँगै दहचोक बसे । शुक्रबार बिहान सजन साथीहरुसँग भाषा पढ्न बागबजार लागे । सुजन भने भाषा परीक्षाका लागि आवेदन दिन पाइने आशमा ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालय पुगे […]