प्रधानमन्त्री नियुक्त भएको चौथो दिन दिइन चिनियाँ राजदूतले देउवालाई बधाई

काठमाडौं। नेपालकी लागि चिनियाँ राजदूत होउ यान्छीले आज नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। बधाई तथा शुभकामना दिन उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। विगत ६ वर्षयता नियुक्त भएकै दिन चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटी बधाई दिँदै आए पनि यस पटक भने प्रधानमन्त्री नियुक्त भएको चौथो दिन मात्र बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले आफूले चीनसँग राम्रो सम्बन्ध बनाउने बताए।

सम्बन्धित सामग्री

देउवालाई विश्वासको मत दिन तयारी (फोटो फिचर)

काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनका लागि संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ।देउवा प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

देउवाले विश्वासको मत पाउँदा के हुन्छ ? नपाउँदा के ?

३ साउन, काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिंदैछन् । अपराह्न चार बजे प्रतिनिधिसभाको बैठकबाट उनले विश्वासको मत पाउने/नपाउने टुंगो लाग्नेछ । देउवाले विश्वासको मत पाएमा र बीचको पुगनपुग …