कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै डच टोली अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो । खलिफा रंगशालामा पहिलो हाफमै २-० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल खाएपनि अमेरिकालाई जम्न दिएन । […]