जय नेपाल र नक्साल भगवतीमा आजदेखि नयाँ ट्राफिक लाइट सञ्चालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि जय नेपाल र नक्साल भगवती बहालमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ । नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा वडा नं – १ का वडाअध्यक्ष भरत लाल श्रेष्ठले स्विच अन गरी संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् । यसैगरी नक्साल भगवतीको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र कुमारी बैङ्कका चिफ अप्रेशन अफिसर राम चन्द्र खनालल

सम्बन्धित सामग्री

नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान

खजुरा (बाँके), २६ माघ । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी दिए । […]

बन्यो बबरमहलको ट्राफिक लाइट

२४ मंसिर, काठमाडौं । बबरमहलमा राखिएको ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यो ट्राफिक लाइट सञ्चालनमा आएको एक महिना नपुग्दै बिग्रिएको थियो । प्राविधिकहरुले ट्राफिक लाइट मर्मत गरेर सन्चालनमा ल्याइसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । बबरमहलमा राखिएको ट्राफिक लाइट पैदलयात्रु आफैंले बटन थिचेर बत्ती […]

ट्राफिक लाइट हस्तान्तरण

ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका, वडा नम्बर १, महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।...

महेन्द्र सालिक र ज्ञानेश्वरमा ट्राफिक लाइट सञ्चालन

काठमाडौँ – राजधानीको महेन्द्र सालिक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबार मार्गको महेन्द्र सालिक र कामना सेवा विकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाइट जडान गरी शुक्रबारबाट सञ्चालनमा ल्याएको हो। महेन्द्र सालिक चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र […]

काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट

काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ ।  शुक्रबारदेखि दरबारमार्गको महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एनसेलसँग समन्वय गरी महेन्द्रशालीक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक सञ्चालनमा ल्याइएको  महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । यसअघिनै महाशाखाले राजधानीका विभिन्न स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको थियो  ।

विमानस्थलको गोल्डेन गेटमा बल्यो ट्राफिक लाइट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटमा जडा गरिएको नयाँ ट्राफिक लाइट आजबाट सञ्चालनमा आएको छ।

लुम्बिनी प्रदेश : पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ‘ट्राफिक लाइट’ जडान

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामको सडकमा ट्राफिक लाइट जडान भएको छ। तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो। तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो। तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा व्यापारिक मार्गको…

तिलोत्तमाको मणिग्राम चोकमा ‘ट्राफिक लाइट’ जडान

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ । मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकै पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विश्वकर्माले जानकारी दिए ।  नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोस्टबाट हुने नगरपालिकाले जनाएको छ ।  ट्राफिक लाइटको मंगलवार शुभारम्भ गर्...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाइट हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाइट सुन्धरा, नागस्थानमा सञ्चालनमा ल्याइएको छ ।नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं महानगरपालिका–२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी […]

काठमाडौंको नागस्थानमा ट्राफिक लाइट सञ्चालन

काठमाडौं : काठमाडौंको नागस्थानमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा आएको छ। ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन्।एसएसपी भट्टराईले ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमनमा सहजता ल्याउन चोक-चोकमा ट्राफिक लाइट जडान गर्ने कार्यलाई तीव्रता दिइएको बताए। प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र