महाभियोग पारित गर्ने सीमा नियमावलीमै राख्न सांसदहरूको माग

राष्ट्रपति तथा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख र सदस्यहरूमाथि लाग्ने महाभियोगबारे संसदीय प्रक्रियाका लागि चरणबद्ध समयसीमा प्रतिनिधिसभानियमावलीमा राख्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलबारको बैठकमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग प्रस्ताव संसदीय प्रक्रियामा सही ढंगले टुंगोमा नपुगेको र संघीय संसदका महासचिव भरतराज गौतमले लेखेको पत्रको पनि जिकिर गर्दै सांसदहरूले महाभियोगबारे स्पष्ट व्यवस्था नियमावलीमा नै गर्नुपर्ने माग गरेका हुन् ।