भारतको मध्यप्रदेशमा कोरोना अनियन्त्रित भइसकेको छ । नयाँ संक्रमितको वृद्धिमा खतरनाक गतिले तेस्रो लहरको संकेत दिएको छ । राज्यमा पछिल्लो २४ घण्टामा २२१ संक्रमित भेटिएका छन् जबकी एक हप्ताअघि ४२ जना ओमिक्रोन संक्रमित भेटिएका थिए । यसको अर्थ यो हो कि ७ दिनभित्र नयाँ संक्रमितको संख्यामा ५०० प्रतिशतको वृद्धि भएको छ । दोस्रो लहरपछि यो सबैभन्दा ठूलो वृद्धि हो । यदि यही गती रह्यो भने १० जनवरीदेखि हरेक दिन प्रदेशमा एक हजारभन्दा बढी केस आउने अनुमान गरिएको छ । यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे