त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रार कार्यालयले आंगिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा निर्वाचन गराउन पूर्वतयारीसमेत अघि बढाउन आग्रह गरेको छ । विद्यार्थी भर्ना, लगत संकलन, परीक्षालगायतका विषय पूर्वतयारीअन्तर्गत पर्छन् ।