महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् । गोरखामा कार्यक्रम रहेकाले दुई नेता आज बसेको यसअघिको बैठकमा सहभागी भएका थिएनन् ।दुई नेता अनुपस्थित भएपछि भागबण्डालाई अन्तिम रुप दिन सकिएको थिएन । एकीकृत समाजवादी पार्टीका नेता विजय पौडेलका अनुसार दुई नेताको आगमनसँगै यतिबेला सहमतिको मस्यौदा तयार हुँदैछ । गठ