अमेरिकी अरबपतिको अन्तरीक्ष उडान

अमेरिकी अरबपति जेफ बेजोस दश मिनेटको अन्तरिक्ष उडान भरेर फर्किनुभएको छ । मङ्गलबार साँझ अमेजनका संस्थापक समेत रहनुभएका बेजोस आफ्ना दाइ मार्क बेजोस, १८ वर्षीय छात्र ओलिभर डायमेनसँगै उडान भर्नुभएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तीन जना यात्रुलाई ८२ वर्षीय पूर्ब पाइलट वैली फंकले समेत सहभागी हुनुहुन्थ्यो । पृथ्वीबाट उडान भरेको करिब १० मिनेट १० सेकेण्डपछि चारै जना एक प्यारासुटबाट पृथ्वी टेकेका थिए । फंक वैली अन्तरिक्षमा पुग्नुहुने सबैभन्दा बढी उमेरको अन्तरिक यात्रीको कीर्तिमान बनाउनुभयो भने ओलिभर सबैभन्दा कान्छो अन्तरिक्ष यात्रीको रुपमा आफ्नो नाम दत्र्ता गराउन पुग्नुभयो ।

सम्बन्धित सामग्री

के-पप ब्याण्ड बीटीएसको सम्मानमा दक्षिण कोरियाले राख्यो नयाँ स्याटलाइटको नाम

काठमाडौं । दक्षिण कोरियाली के–पप ब्याण्ड बीटीएस अब पृथ्वीमा मात्र होइन, ब्रह्माण्डमै गुञ्जिने देखिएको छ । जनवरीमा अमेरिकी अन्तरीक्ष नियोग नासाले ब्याण्डका तीन गीतलाई अन्तरीक्षमा गुञ्जाउने घोषणा गरेको छ । पहिलोपटक चन्द्रमामा मानवसहितको उडान भरेको ‘अपोलो …

इसेरोद्वारा गगनयान मानव अन्तरीक्ष उडान मिशनको लागि मुख्य प्यारासुट परीक्षण

इसेरोको विक्रम साराभाई स्पेस सेन्टरले उत्तर प्रदेशको झाँसी जिल्लाको बाबिना फिल्ड फायर रेंज (बीएफएफआर) मा बहुप्रतिक्षित पहिलो गगनयान मानव अन्तरिक्ष उडान कार्यक्रमको लागि यसको चालक दल मोड्युल डिलेरेसन प्रणालीको एकीकृत मुख्य प्यारासुट एयरड्रप परीक्षण (आईएमएटी) सञ्चालन गरेको छ।

जेफ बेजोसको कम्पनीसँग मिलेर युएइले अन्तरीक्ष पर्यटन संचालन गर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले अर्बपति जेफ बेजोसको ‘ब्लू ओरिजिन’सँग मिलेर अन्तरीक्ष पर्यटन संचालन गर्ने घोषणा गरेको छ । युएईको अर्थ मन्त्रालयका अनुसार सरकारले अन्तरीक्ष पर्यटनका लागि मरुभूमिमा कक्षसम्म उडान भर्नसक्ने रकेट प्रक्षेपण थलोहरु स्थापनाको तयारी सुरु भएको छ । युएई सरकारको यो प्रस्तावमा बेजोसको अन्तरीक्ष कार्यक्रम संचालन गर्ने कम्पनी ब्लू ओरिजिन सकारात्मक रहेको […]

नासाले आगामी फेब्रुअरीमा चन्द्रमामा मानवरहित यान पठाउने

काठमाडौं । अमेरिकी अन्तरीक्ष नियोग नासाले सन् २०२२ को मध्य फेब्रुअरीमा अन्तरीक्ष यान चन्द्रमातर्फ पठाउने भएको छ । यो यान चन्द्रमाको सतहमा पुगेर पृथ्वीमा फर्कने नासाले जनाएको छ । आयोजित पत्रकार सम्मेलनमा दशककै सबैभन्दा ठूलो रकेटमार्फत यान प्रक्षेपण गर्न लागिएको जनाइयो । फेब्रुअरी १२ मा उडान भर्ने उक्त मानवरहित यान दुई सातामा पृथ्वीमा फर्कने जनाइएको […]