प्रधानमन्त्री र राष्ट्रपतिबाट संवैधानिक ‘कू’ भयो : उदय शम्शेर राणा

ललितपुर । नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक ‘कू’ गरेको दावी गरेका छन् । संसद विघटनविरुद्ध काँग्रेसले शनिबार आयोजना गरेको देशव्यापी विरोध सभा अन्तर्गत ललितपुर क्षेत्र नं. १ को प्रदेश सभा क ले आयोजना गरेको कार्यक्रममा नेता राणाले सरकारलाई संसद विघटनको अधिकार नभएको जिकिर गरे । ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले संसद विघटन गरेका छन् । संविधानमा संसद विघटन गर्