जेठ १२, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिहीवारदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयरमा लिलामीबाट विक्री गर्न लागेको हो । यस लिलामी शेयरमा आवेदकले जेठ २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्तारू. ५५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन भने अधिकतम शेयरको लागि कुनै हद लाग्ने छैन ।
यस बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआइबिएल एस क्यापिटल लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।