गोरखा–१ (२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी

गोरखा - गोरखा–१ (२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी हुनुभएको छ । न्यौपाने १६ हजार दुई सय ६१ मत ल्याएर विजयी हुनुभएको हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । न्यौपाने नेपाली कांग्रेस गोरखाको सभापतिसमेत हुनुहुन्छ ।