पालिका चुनाव : २२ जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो

काठमाण्डाै – निर्वाचन आयोगले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि अहिलेसम्म छपाइ भएका मतपत्र २२ जिल्लामा पठाएको छ । भक्तपुरमा रहेकाे जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भइ वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख मतपत्र पठाइएको छ । आज बुधवार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ । वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्च...