नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आयोगको ध्यानाकर्षण

काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना तेस्रो लहर तीब्र गतिमा फैलिइरहेको भन्दै नियन्त्रणका लागि राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको छ । आयोगले आज महामारी नियन्त्रणमा भइरहेको तयारीबारे सरकारका अधिकारीसँग जानकारी लिएको थियो । छलफलपछि विज्ञप्ति जारी गर्दै आयोगले नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन आग्रह गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका […]