काठमाडौं : पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै जाँदा परिस्थिति सामान्य बन्दै गएकाे छ। दशैँ अगाडिबाट केही ठाउँका विद्यालय सञ्चालनमा पनि आएका छन्। नेपालमा दोस्रो लहरको कोरोना भाइरस पुनः संक्रमण फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भयो। वार्षिक परीक्षा पनि अनलाइनबाटै लिएका विद्यालय चैतदेखि संचालनमा आएका थिएनन्। पाँच महिना अर्थात भदौबाट भौतिक उपस्थितिमा पढाई सञ्चालन हुन थालेको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीका अनुसा