बालकथा : अल्छी भ्यागुताको दुर्गति

अल्छी वा आलस्य के हो भन्ने कुरा भाइबहिनीहरूलाई थाहै । भइहाल्छ नि, गरौँला न, अहिले नै के हतार छ र भन्दै निच मारेर बस्नु नै अल्छी वा आलस्य हो । तर त्यसको नतिजा कस्तो हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसो हो भने आऊ तलको कथा पढेर थाहा पाउने प्रयास गरौँ । धेरै पहिलेको कुरा हो । एउटा सानो कुवामा अल्छी भ्यागुतो बस्थ्यो । ऊ हरेक काममा आलस्य गथ्र्यो । यहाँसम्म कि आहारा खोज्नसमेत सितिमिति चाहँदैन थियो । त्यही सानो कुवा नै उसको संसार थियो । त्यहीँ उदाउँथ्यो त्यहीँ अस्ताउँथ्योे । उसको अल्