नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीनबुँदे सहमतिभित्र देश र जनताको समृद्धि देश बनाउने महान आकांक्षा लुकेको बताउनुभएको छ ।
सरकार र नेकपा (विप्लव समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।